Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा अर्थमन्त्री पौडेलसँग भेटवार्ता

नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा अर्थमन्त्री पौडेलसँग भेटवार्ता

काठमाडौं, २१ पुस । नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्र प्राप्त संस्थाहरुको हकहित तथा नेपालको पूँजी बजारको विकास र संवद्र्घनका लागी कटिबद्ध रही सक्रिय रुपमा कार्यरत नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले अर्थ मन्त्री विष्णु पौडेलसंग भेटवार्ता गरेका छन् ।

साथै उनको कार्यकालमा नेपालको पूँजी बजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको बताएका छन् । यसै क्रममा अर्थमन्त्री समक्षमर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ ।

मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकायमार्फत खेल्नु पर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x