Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

याे साता ताेलामा १६०० रूपैयाँले घट्याे सुनकाे मूल्य

याे साता ताेलामा १६०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं, ३० पुस । याे साता सुनकाे मूल्य घटेकाे छ । सातामा सुनकाे मूल्य १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ३ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै, यसबीचमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँ पुगेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार एकै दिन १ हजार रुपैयाँले सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार ५०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ४०० ले घटेको थियो । यस्तै, बुधबार ३०० ले घटेको सुनको मूल्य बिहीबार २०० र शुक्रबार ५०० ले बढेको महासंघले जनाएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x