Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

२.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

काठमाडौं, १ माघ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू. १११ अर्ब १५ करोड अर्थात् २.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. ७८ अर्ब ४४ करोड (१.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.५ प्रतिशतले बढेको छ ।

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.६ प्रतिशत, २५.७ प्रतिशत र ६०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.१ प्रतिशत, ३१.५ प्रतिशत र ५४.३ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x