Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

यती एयरलाइन्स जहाज दुर्घटना : उद्धार कार्य जारी

यती एयरलाइन्स जहाज दुर्घटना : उद्धार कार्य जारी

काठमाडौं, १ माघ । पोखराको सेती खोचमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा उद्धार कार्य जारी रहेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३२ जनाको शव फेला परिसकेको छ।

‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’

जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा आगो लागेको छ।

पोखरा–१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ। उक्त विमान आज बिहान १०ः३३ बजे काठमाडौंबाट उडेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *