मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, यी हुन् आज सपथ लिने सम्भावित मन्त्री
काठमाडौं, ३ माघ । आज मंगलबार मन्त्रिपरिषद् विस्तार हुनते भएको छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीबिच मन्त्रालय बाँडफाँटमा सहमति भएको हो । मंगलवार १ बजे मन्त्रीहरुको शपथ ग्रहण तय गरीएको छ ।
सत्ता गठबन्धनले मंगलवार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डाको टुंगो पनि लगाएका छन्। जसअनुरुप पाँचै वर्षको लागि एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपति पाउने भएका छन्। त्यस्तै, प्रधानमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति भएको बताइएको छ।
यी हुन् आज सपथ लिने सम्भावित मन्त्री
सोमबार राति सकिएको बैठकमा एमालेले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीले चार मन्त्री र एक राज्यमन्त्री, रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री, पाउनेगरी सहमति जुटेको छ ।
सोमबार राति सकिएको बैठकमा एमालेले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीले चार मन्त्री र एक राज्यमन्त्री, रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री, पाउनेगरी सहमति जुटेको छ ।
एमालेले आज पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारीलाई मन्त्री बनाउने तयारी गरेको छ । किरण साह र राजकुमार गुप्तामध्ये एकलाई राज्यमन्त्री बनाउने तयारी गरिएको छ ।
यस्तै माओवादीबाट शक्ति बस्नेत, सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायतलाई सरकारमा पठाउने तयारी गरेको छ ।
रास्वपाले शिशिर खनाललाई शिक्षा र डीपी अर्याललाई श्रममन्त्री बनाउने तयारी गरेको छ । त्यस्तैगरी तोसिमा कार्की या सोविता गौतममध्ये एकलाई राज्यमन्त्री बनाउने तयारी गरिएको छ ।
राप्रपाबाट आज उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्रीमा राजेन्द्र लिङ्देनले शपथ लिनेछन् भने सहरी विकासमा ध्रुवबहादुर प्रधानले लिनेछन् । राज्यमन्त्रीमा भने दीपक सिंहलाई लैजाने तयारी भएको छ ।