१०.३७ अंकले बढ्यो शेयर बजार, ३ अर्ब ४६ करोडको कारोबार
काठमाडौं, ११ माघ । बुधवार धितोपत्र बजार १०.३७ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.४८ अंकले बढेर २१८३.६२ अंकमा पुगेको छ । यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स भने घटेको छ ।
बुधवार २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।