Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन बैंकद्वारा आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

हिमालयन बैंकद्वारा आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ११ माघ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बंैकको तीसौं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बंैकको कर्मचारी संगठनको समन्वयमा केन्दि«य कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

डा. सन्यम बजिमय र वहाँको टोलीको नेत्रित्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बंैकको आर्थिक सहयोगमा मिति २०७९ साल माघ ४ गते देखि २०७९ साल माघ ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए ।

यसै गरी “रक्तदान–जीवनदान” भन्ने मुल मन्त्रलाई मनन् गर्दै बंैकले कर्मचारी संगठनको समन्वयमा २०७९ माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x