Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

घटेकाे बजारमा चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

घटेकाे बजारमा चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडाैं, १२ माघ । साताकाे अन्तिम काराेबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.३५ काे अंकले घटेकाे छ । आज नेप्से ०.३५ अंकले घटेर दुई हजार एक सय ८३ दशमलब २७ विन्दुमा बन्द भएको हो ।

बिहीबार २५४ कम्पनीकाे ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सुर्यज्योती लाइफ इन्स्योरेन्स गरी चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ  भने समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x