Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१६ खर्व बढीको बजेट ल्याइदैं, अप्रहान्न चार बजे संघीय सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडा

१६ खर्व बढीको बजेट ल्याइदैं, अप्रहान्न चार बजे संघीय सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडा

काठमाडौं, जेठ १५ । सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले वेलुका ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् ।

संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्ने गरिन्छ ।  बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नेछन् ।

सरकारले ल्याउने उक्त बजेटमा संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले तयार पारेको घोषणा पत्रलाई आधार बनाइएको बुझिएको छ । करिव १६ खर्वको वरिपरि रहेर सरकारले बजेट निर्माण गरेको बुझिएको छ । ठुला पूर्वधार निर्माण, रोजगारी सृजना र उत्पादकत्व बृद्धिलाई मुख्य प्राथामिकता राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x