नेको इन्स्योरेन्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, १५ माघ । नेको इन्स्योरेन्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रोहित कुमार भट्टराइको अध्यक्षतामा आइतबार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ८५ कराेड भन्दा बढी बिमा शुल्क आर्जन गरेकाे थियाे जुन अघिल्लाे आर्थिक वर्षकाे तुलनामा १८ प्रतिशतले बढी हाे ।
हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ७४ कराे रूपैयाँ रहेकाे छ । बाेनस सेयर वितरणसँगै याे २ अर्ब भन्दा बढी पुगेकाे छ ।
यस्तै उक्त कार्यक्रमले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक चयन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई समेत कार्यक्रमले अनुमोदन गरेको छ ।