प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेट, सुकुम्वासी हटाउन मागे सहयोग
काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । सोमबार बिहान भएको भेटमा बालेनले प्रधानमन्त्रीसँग वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका छन् ।
प्रधानमन्त्री यस विषयमा सकारात्मक देखिएकाे मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले बताए । मेयर बालेनले यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृह मन्त्रालयसँग सहयोग मागेका थिए ।
यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो । सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।