Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लाइफ इन्स्योरेन्स कर्पोरेशनले २३४.६८ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट

लाइफ इन्स्योरेन्स कर्पोरेशनले २३४.६८ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट

काठमाडाैं, १६ माघ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

१ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १०० काे दरको २,३४,६८,००० कित्ता शेयरको हुने रु. २ अर्ब,३४ कराेड ६८ लाख बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि एसबिआई मर्चेण्ट बैकिङ्ग  निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हाे ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x