लाइफ इन्स्योरेन्स कर्पोरेशनले २३४.६८ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
काठमाडाैं, १६ माघ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
१ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १०० काे दरको २,३४,६८,००० कित्ता शेयरको हुने रु. २ अर्ब,३४ कराेड ६८ लाख बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि एसबिआई मर्चेण्ट बैकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हाे ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।