७.१६ अंकले घट्यो शेयर बजार, ३ अर्ब ६९ करोडको कारोबार
काठमाडौं, २५ माघ । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार ७.१६ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक उक्त अंकले घट्दै २१७०.१८ अंकमा आइपुगेको छ ।
बुधवार २५७ कम्पनीको १ करोड ५ लाख २ हजार ६४९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यससँगै बुधवार कुल बजार पूँजीकरण ३१ खर्ब ३१ अर्ब ६९ करोड रुपैयाँ बराबरको कायम भएको छ ।