नाडाको ४६औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं, २८ माघ । शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औं वार्षिक साधरणसभा सम्पन्न भएकाे छ । साधारणसभामा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन्।उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए।
अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भएपनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे।
यस्तै नाडाका अध्यक्ष धुर्ब थापाले अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिने बताएका छन् । अबको एक दशकमा अधिकांश गाडी नेपालमा बन्ने बताउँदै उनले सरकारले अहिले एसेम्बलमा दलिएको नीति १० वर्षमा निरन्तरता भएमा धेरै प्रगति हुने बताए ।
यस्तै उनले अटो व्यवसायीहरुले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताए। राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको उनले गुनासो गरे। उनले वर्तमान सरकार आएपश्चात व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेको गुनासो गरे।