आज एकैदिन ताेलामा १७ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, २८ फागुन । नेपाली बजारमा आइतबार सुनचादीकाे मूल्य बढेकाे छ । आज एकैदिन सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ भने चादी ताेलामा २५ रूपैयाँले बढेकाे छ ।
सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।
तेजावी सुनकाे मूल्य आज ताेलाकाे १ लाख ३ हजार रूपैयाँ निर्धारणा भएकाे छ । गत शुक्रबार तेजावी सुन प्रतिताेला १ लाख १ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार दुई सय ४५ रुपैयाँ पुगेको छ ।