Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआईबिएल एस क्यापिटल र सिंकोस हाइड्रोपावरबीच सम्झौता

एनआईबिएल एस क्यापिटल र सिंकोस हाइड्रोपावरबीच सम्झौता

काठमाडाैं, ३० फागुन । एनआईबिएल एस क्यापिटल लिमिटेड र सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेडबीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गरे । उक्त समारोहमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त को पनि उपस्थिती थियो ।

सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेडलेनेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ । यस कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका कार्यहरु गरी रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण शेयर निष्काशन पूर्वर निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, पूँजी संकलन गर्न , ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्न र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान

गर्नेछ । पहिलो चरणमा कम्पनीले गर्नुपर्ने पूर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

एनआईबिएलले संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउने, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने , पूँजी संकलन गर्ने  तथा ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्ने  र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x