एशिया प्यासिफिक एड्भान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलन सुरु, नेपालमा अनुसन्धान तथा शैक्षिक संजाल विस्तारको लागि सहयोग पुर्याउने
काठमाडाैं, १ चैत । एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा विभिन्न १७ देशका ३०० जना बढिको उपस्थिति रहेको छ । आज मंगलबार संचार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि शर्माले राज्यको मात्र हैन प्रविधिमा कामगर्ने संघ संस्था, बिश्वबिद्यालय तथा विज्ञहरुले समेत प्रविधिलाई गुणस्तर बनाउने र सर्वसाधारणको पहुँचमा पुर्याउने कुरालाई प्राथमिकतामा राख्ने तथा लगानी बढाउनु बताउनुभयो । प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको बताउदै मन्त्रि शर्माले डिजिटल डिभाइडको खाडललाई कम गर्ने काम गर्नुपर्ने बताउनुभयो ।
डिजिटल नेपाल फ्रेमवर्कको अतिरिक्त, आईसीटी क्षेत्रमा अनुसन्धानको महत्त्वलाई पनि जोड दिन दिएको बताउदै अनुसन्धान आविष्कार र विकासको मेरुदण्ड रहेको मन्त्रि शर्माले बताउनुभयो । उहाले भन्नुभयो “हाम्रो सही नीति, रणनीति र लगानीले नेपाल आविष्कारको हब र आईसीटी क्षेत्रमा अग्रणी बन्न सक्नेछ” ।
यसैगरी शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिब डा. प्रमिलादेबी बज्राचार्यले नेपालमा बिज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको लागि पहल गरिरहेको बताउदै यस्ता कार्यक्रम मार्फत सरकारले अन्तरास्ट्रिय बिज्ञहरुसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताउनुभयो । कार्यक्रममा एपानका अध्यक्ष जीलोङ वांङले नेपालले पहिलो पटक गरेको कार्यक्रमको प्रसंशा गर्दै नेपाल सरकारसँगको सहकार्यले बैज्ञानिक अनुसन्धान र अन्तरास्ट्रिय समुदाय बीचको सहकार्यलाइ थप सबल बनाउने बताउनुभयो ।
सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको सस्था एनरेन (NREN) ले आयोजना गरेको एपान कार्यक्रम नेपालमा पहिलो पटक आयोजना भएको हो । विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताउनुभयो ।
एपान(APAN)को ५५औ सम्मेलन फागुन २९ गतेदेखि संचालन भैरहेको छ । पाँच दिन सम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढि सेसनहरु सञ्चालन हुने साथै १७५ भन्दा वढि प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभीन्न क्षेत्रहरुमा केन्दि«त रहि प्रस्तुती दिनुहुनेछ । यस सम्मेलनमा दुईजना नेपाली सहित ४ जना ब्यप्तिहरुले मुख्य बक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।
आज उद्घाटन कार्यक्रममा बरिस्ठ जलबायु परिवर्तन बिज्ञ डा. अरुणभक्त श्रेष्ठ र हिमाल आरोही पुर्णिमा श्रेष्ठले कि-नोट प्रस्तुति दिनुभएको छ । उहाहरुले जलबायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई कम गर्न सूचना तथा संचार प्रविधि क्षेत्रका बिज्ञहरुले पुरयौना सक्ने भूमिकाको सम्वन्धमा प्रकाश पार्नुभयो ।
लामो समयको प्रयास पश्चात एपानको ५५ औं सम्मेलन नेपालमा ल्याउन सफल भएको नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका कार्यकारी निर्देशक डा. राजन पराजुलीले बताउनुभयो । यस सम्मेलनले नेपालमा बैज्ञानिक अनुसन्धानको लागि आवश्यक पूर्वाधारका सम्वन्धमा साथै एसिया प्रशान्त क्षेत्रका देशहरुबिच बैज्ञानिक सहकार्यलाइ सबल बनाउन भूमिका खेल्ने डा. पराजुलीले बताउनुभयो । यसैगरी राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको कार्यकारी निर्देशक डा. पराजुलीले बताउनुभयो ।
यस सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) ले गरेको छ । विश्वभर फैलिएको कोभिड महामारी पछि पहिलो पटक भौतिक रुपमा आयोजना भैरहेको यस पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनले सूचना संचार प्रविधि क्षेत्रमा क्रियाशील सस्था र ब्यप्तिहरुलाई उत्साहित बनाएको छ । यसैगरी नेपालमा भैरहेको जलबायु परिवर्तनको असरलाइ विश्वसामु ध्यान केन्द्रित गर्न सफल भएको छ ।
चैत्र ३ गतेसम्म संचालन हुने सम्मेलनमा सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरु विच बृहत छलफल हुनेछ । २५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धीत संस्थाहरुवाट १५० गरि ३५० भन्दा बढि प्रतिनिधिहरुको प्रत्यक्ष् उपस्थिति र २०० भन्दा वढि व्यतिहरु अनलाइनका माध्यमवाट पाँच दिन सम्म सहभागी हुनेछन् । नेपालमा पहिलोपटक हुन लागेको यस एपान सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएको डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पुर्याउने देखिन्छ ।
यस अन्तराष्ट्रिय सम्मेलनको आयोजनको लागि विभिन्न संघ संस्थाहरुको सहयोग रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सँग यस सम्मेलन आयोजनाको सहकार्य भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, Ruijie Networks, APNIC, Internet Society, Asi@Connect, e-Hualu लगायतका संस्थाहरुले सम्मेलनको लागि सहयोग गरेका छन् । सम्मेलनको लागि आवश्यक इन्टरनेट व्याण्डवीथ वर्ल्डलिंक र सुबिसुले उपलव्ध गराएका छन्।