Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

मुक्तिनाथ बैंकले ल्यायो मुक्तिक्तिनाथ विशिष्ट सहज कर्जा योजना

मुक्तिनाथ बैंकले ल्यायो मुक्तिक्तिनाथ विशिष्ट सहज कर्जा योजना

मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ विशिष्ट सहजकर्जा योजना सञ्चालनमा ल्याएकोे छ। केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरूले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गरेको हो।

बैंकले कर्जा आवश्यक परेका व्यक्तिलाई मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरूमा सम्पर्क राख्न आवहान गरेको छ।

यस योजनाअन्तर्गत दुई करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ।

यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई आवश्यक कागजातहरु पूरा गरेको तीन कार्य दिनभित्रै सर्वशुलभ ब्याजदरमाकर्जा स्वीकृत गरी प्रदानगर्ने बैंकले जनाएको छ ।

कर्जा लिन इच्छुकले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न सक्नेछन्। बैंकको वेबसाइटमार्फत् पनि कर्जा आवेदन दिन सकिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x