Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

७ महिनामा ३१ खर्बभन्दा बढी तरलता प्रवाह

७ महिनामा ३१ खर्बभन्दा बढी तरलता प्रवाह

काठमाडौं, २ चैत । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपाल राष्ट्र बैंकले ३१ खर्ब ४६ अर्बभन्दा बढीको तरलता व्यवस्थापपन गरेको छ । समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत रु. ३२२ अर्ब ४१ करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत रु. २७०६ अर्ब ९३ करोड र ओभरनाइट तरलता सुविधा ३३ अर्ब ८१ करोड गरी कुल रु. ३१४६ अर्ब ९९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रु. ५ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.४०२६ अर्ब ४ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब २७ करोड खुद खरिद गरी रु.४२६ अर्ब २८ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९० करोड खुद खरिद गरी रु.१०८ अर्ब ३२ करोड तरलता प्रवाह गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x