Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

काठमाडौं, २ चैत । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा बैंक तथा वित्ती संस्थामा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. २५३ अर्ब ९७ करोड (५.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. १६७ अर्ब ३४ करोड (३.६ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ । २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमश ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३०.१ प्रतिशत र ५४.७ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x