Date

शुक्र, भदौ २०, २०८२
Fri, September 5, 2025

‘समृद्धि’ ब्रान्डले ५ अर्ब रुपैयाँ नाघ्यो, सिद्धिविनायक आयल्सको व्यापार उचाइमा

‘समृद्धि’ ब्रान्डले ५ अर्ब रुपैयाँ नाघ्यो, सिद्धिविनायक आयल्सको व्यापार उचाइमा

काठमाडाैं, २० भदाै । नेपालका घरेलु तेल उद्योगमा छोटो समयमै छुट्टै पहिचान बनाएको ‘समृद्धि’ ब्रान्डले सञ्चालनमा आएको तीन वर्षमै उल्लेखनीय व्यापारिक सफलता हासिल गरेको छ। सिद्धिविनायक आयल्स प्रा.लि.ले हालसम्म ८ अर्ब ४० करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ भने पछिल्लो आर्थिक वर्षमा मात्र ५ अर्ब नाघेको छ।

कम्पनीको व्यापार गत वर्षको तुलनामा साढे ३ गुणा वृद्धि भएको छ। आर्थिक वर्ष २०२४–२५ मा ५ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार भएपछि कम्पनीले यसअघि घाटा भोग्दै आएको अवस्थालाई चुनौती दिएको छ।

कम्पनीको परिचय र उत्पादन:

  • स्थापना: २०२१ अगस्ट २, नवलपरासी पश्चिम, रामग्राम।

  • उत्पादन क्षमता: वार्षिक ३८,६४० मेट्रिक टन तेल।

  • उत्पाद: खाना पकाउने तेल – सोयाबिन, पाम ओलेइन, सनफ्लावर।

  • ब्राण्ड: ‘समृद्धि’, देशभर वितरण।

कम्पनीका अनुसार भारतले कच्चा तथा प्रशोधित तेलमा भन्सारदर बढाएपछि नेपालबाट निर्यातमा वृद्धि भएको छ। यसको प्रत्यक्ष असर स्वरूप व्यापार र लाभांशमा सकारात्मक उछाल आएको दावी गरिएको छ। चालु वर्षमा कम्पनीले ५ प्रतिशत नाफा कमाउन सफल भएको छ।

तेलको मूल्य पनि वृद्धि भएको छ; सन् २०२४ मा प्रति मेट्रिक टन १ लाख ५७ हजार २ सय ८८ रुपैयाँ, सन् २०२५ मा बढेर २ लाख ७ हजार ४ सय २३ रुपैयाँ पुगेको छ।

कम्पनीले ३ अर्ब ९ करोड ६० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ पनि गराएको छ, जसमा दीर्घकालीन कर्जा ३७ करोड ६३ लाख र अल्पकालीन कर्जा २ अर्ब ७२ करोड रहेको छ।

सिद्धिविनायक आयल्स गोयन्का ग्रुपअन्तर्गत सञ्चालन भएको कम्पनी हो। अध्यक्ष गोपाल गोयन्काको नेतृत्वमा कम्पनीले घरेलु बजारमा सशक्त उपस्थिति बनाउन सफल भएको छ। कम्पनीले खाद्य सुरक्षा, रोजगारी, कर राजस्व र निर्यात प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *