Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

५. ३२ अङ्कले घटेकाे बजारमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

५. ३२ अङ्कले घटेकाे बजारमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडाैं, २ चैत । साताकाे अन्तिम काराेबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेकाे छ । आज नेप्से परिसूच ५. ३२ अङ्कले घटेर १ हजार ९ सय ३३ दशमलव ३१ काे बिन्दुमा पुगेकाे हाे ।

नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ । आज २५८ कम्पनीकाे ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १४ करोड रूपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६०४.२० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१६ रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x