१५.७६ अंकले घटेकाे सेयर बजारमा एक अर्ब ३३ करोडको कारोबार
काठमाडाैं, ८ चैत । साताकाे चैथाे दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । बुधबार, नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ अंक विन्दुमा आइपुगेको छ ।
आज २६६ कम्पनीकाे ३७ लाख ७७ हजारको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाखकाे काराेबार भएकाे छ । आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ पुगेको छ भने बोटलर्स नेपाल तराइका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।