Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आरएमडीसी लघुवित्तको २४औं वार्षिक साधारणसभा सम्पन्न

आरएमडीसी लघुवित्तको २४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, १० चैत । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार काठमाडौंमा सम्पन्न सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षसम्ममा यस संस्थाले लघुवित्त र सहकारी संस्थाहरूलाई गरी करीब ५२ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।

यस संंस्थाले साझेदार लघुवित्त तथा सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण तथा संस्थागत सुशासन कायम गराउन सम्बन्धित संस्थाको निरीक्षण तथा अनुगमनलाई उच्च प्राथमिकता दिँदै आएको संस्थाकी अध्यक्ष सुजाता जोशीले बताइन् । यसबाट साझेदार संस्थाको ऋणको गुणस्तर, सुशासन तथा सञ्चालन आत्मनिर्भरता सुधारमा ठूलो टेवा पुगेको छ । यस्तै आरएमडीसी लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुँदै छ । लघुवित्त क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको आरएमडीसी र साना किसान लघुवित्तबीचको मर्जर यस क्षेत्रको बृहत् विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण कोसेढुंगा सावित हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत पृथबहादुर थापाले बताए ।

हाल आरएमडिसी लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी १ अर्ब २४ करोड १० लाख रहेको छ । बोनस शेयर वितरणपछि संस्थाको जारी तथा चुक्तापूँजी १ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x