Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ग्लोबल आइएमई बैंककाे मण्डला चित्रअंकित क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंककाे मण्डला चित्रअंकित क्यालेन्डर सार्वजनिक

काठमाडाैं, १० चैत ।ग्लोबल आईएमई बैंककाे मण्डला चित्रकलालाई समावेश गरिएको २०८० सालको क्यालेन्डर सार्वजनिक भएको छ। शुक्रबार  एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्त रुपमा उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए। मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको बताए।

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाद्वारा तयार पारिएको मण्डला चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए। नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उनको भनाइ थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x