Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

बुधबार पनि झिनाे अंकले बढ्याे नेप्से, ८१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार

बुधबार पनि झिनाे अंकले बढ्याे नेप्से, ८१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार

काठमाडौं, १५ चैत । बुधबार पनि सेयर बजार सामान्य अंकले बढेककाे छ । आज १.०२ अंकले बढेको बजार १९१९.४२ विन्दुमा पुगेर रोकिएको छ ।

बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ । कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ । मंगलबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबार भएका ८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x