दाेहाेराे अंकले घट्याे सेयर बजार, ८९ करोडकाे मात्र काराेबार

काठमाडाैं, १६ चैत । साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से १०.८७ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ५५ विन्दुमा पुगेको छ ।
सेयर बजारमा बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएकाे छ । आज ८९ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४९ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।