Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा ५४ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालीन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा ५४ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालीन तालिम प्रदान

काठमाडौं, २० चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई सोमबारबाट चौधदिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुई हप्ताको तालिमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगि संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए । अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने उनले बताए ।

कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताइन् । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रविधिको प्रयोग मार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए ।

मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी., मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x