Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

‘आन्तरिक विद्युत् खपत क्षमता वृद्धि प्राथमिकतामा’

‘आन्तरिक विद्युत् खपत क्षमता वृद्धि प्राथमिकतामा’

काठमाडौं, २१ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् देशभित्रै खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सोमबार गरेको स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधार सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए । ‘विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत् निर्यात गर्नुपर्छ,’ मन्त्री बस्नेतले भने । पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय गरिने उनको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आन्तरिक रूपमा विद्युत् खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका संरचनाको सुधार तथा विस्तार, रणनीतिक रूपका ठूला जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विद्युत् सेवा विस्तारमा जोड दिइनुपर्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको विस्तृत विवरण प्रस्तुत गर्दै वर्षायामको विद्युत् व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x