Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

अभौतिक मुद्रामा लगानी नगर्न आग्रह

अभौतिक मुद्रामा लगानी नगर्न आग्रह

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैङ्कले अभौतिक मुद्राहरूमा लगानी तथा कारोबार नगर्न आमनेपालीलाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ, नन–फन्जिबल टोकन, डिजिटल सम्पत्ति र हाइपर फन्डजस्ता कारोबार गैरकानुनी रहेको भन्दै त्यसमा संलग्न भएमा कारबाहीसमेत हुने चेतावनी दिएको छ ।

केन्द्रीय बैङ्कले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता कारोबार नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था मात्र नभई विदेशी र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकसमेत यसमा संलग्न नहुन सचेत गराएको हो । दर्ता भएर नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीसमेतले कुनै पनि भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइए नेपाल राष्ट्र बैङ्क ऐन २०१९ को दफा १२ बमोजिम कारबाही हुने जनाएको छ । नेपालमा विदेशी विनिमय मुद्राको रूपमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीले मान्यता पाएको छैन । नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र राष्ट्र बैङ्क निष्कासन नगरेको तथा कुनै पनि सुरक्षण नभएकाले यस्तो कारोबार गैरकानुनी हुने स्पष्ट पारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x