Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

टिमुरे सुक्खा बन्दरगाह निर्माणले गति लिँदै

रसुवागढी, २२ चैत । रसुवागढी नाकाअन्तर्गत टिमुरेको भोटेकोशी बगरमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको निर्माण धमाधम अगाडि बढेको छ । पहिलो चरणअन्तर्गत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर (खम्बा) वाल निर्माण गरी भोटेकोशी नदीमा तटबन्ध गर्ने काम तीव्र रूपले अगाडि बढेको हो ।

चीन सरकारको सहयोगमा विगत चार वर्ष अगाडिदेखि निर्माण शुरू गरिएको सुख्खा बन्दरगाहको निर्माण तिब्बत फुल्ली नामक चिनियाँ निर्माण व्यवसायी कम्पनीले गरिरहेको छ । चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा निर्माणाधीन सुक्खा बन्दरगाहको पहिलो चरणमा भएको भोटेकोशी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको र समग्रको निर्माण काम भने ३० प्रतिशत पूरा भएको निर्माणमा संलग्न प्राविधिकहरूले बताएका छन् ।

५० हजार ९ सय वर्गमिटर क्षेत्रफल ओगटेको सो सुक्खा बन्दरगाह निर्माणमा ८० जना मजदुर कार्यरत रहेको तिब्बत फुल्ली कन्स्ट्रक्सनका प्रबन्ध ईउ हाइयाङले जानकारी दिएका छन् । तीन सय १३ ठूला कन्टेनर र साना २३ ओटा कार÷जीप÷भ्यान राख्ने क्षमताको उक्त सुक्खा बन्दरगाहमा व्यवस्थापकीय भवनसमेतका संरचना निर्माण गरिने बताइएको छ ।
कोरोना संक्रमणका कारण निर्माणमा ढिलाइ भएको टिमुरेको सुक्खा बन्दरगाहको बाँकी निर्माण छिट्टै सम्पन्न गरी आगामी सन् २०२५ को जुनसम्म बुझाउने निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता गरेका छन् । छिटोभन्दा छिटो काम सम्पन्न गर्न चीनबाट थप कामदार ल्याइने र निर्माणस्थलको उत्तरतर्फका दुईओटा विद्युत् खम्बा हटाइदिन गरिएको अनुरोध बेवास्ता भएकाले काममा बाधा परिरहेको बताइएको छ । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x