उपभाेक्ता मुद्रास्फीति ७.८८ प्रतिशत
काठमाडाैं, २८ चैत । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार फागुन महिनामा मुद्रास्फीति दर घटेकाे छ । गत माघ मिहनामा ७.८८ प्रतिशत रहेकाे मुद्रास्फीति फागुनमा ७.४४ पुगेको हाे । आर्थिक वर्षको अन्त्यसम्म औसत मूल्यवृद्धि दर ७.९३ रहने राष्ट्र बैंकको अनुमान छ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत रहेकाे छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ ।
यस्तै गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७९ प्रतिशतले बढेको छ ।