Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने

मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने

गैँडाकोट । नवलपुरको गैँडाकोटमा  मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर शुक्रबारबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।

केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए ।

केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य रु ५५० कायम गरिएको शाहले जानकारी दिए ।

उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको लागि रु २७५ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निस्शुल्क सेवा दिने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x