Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

खिचापोखरीमा डिजिटल लाइटिङ सिस्टम भएको डीआरएन टावर संचालन

खिचापोखरीमा डिजिटल लाइटिङ सिस्टम भएको डीआरएन टावर संचालन

काठमाडौं, ३ वैशाख । काठमाडौंको मुटु न्यूरोडको खिचापोखरीमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स डीआरएन टावर संचालनमा आएको छ। नेपालमै पहिलो पटक डिजिटल लाइटिङ सिस्टम भएको व्यवसायिक भवनको निर्माण डिआरएन इन्टरनेशनल प्रालिले गरेको हो। सांसद कृष्णगोपाल श्रेष्ठले व्यवसायिक कम्प्लेक्स शुक्रबार उद्घाटन गरे।

नेपालका प्रतिष्ठित व्यवसायिक समूहले निर्माण गरेको यो सुविधा सम्पन्न कम्प्लेक्समा २६ वटा युनिटमध्ये १० वटा बिक्री भइसकेका छन्। १० तल्लाको कम्प्लेक्समा रहेको १६ वटा युनिट बिक्रीका लागि खुल्ला गरिएको छ। कम्पनीले उद्घाटनको अवसर पारेर पसलकवल किन्नेलाई १० प्रतिशत छुट दिएको जनाएको छ।

कम्पनीका अनुसार कम्प्लेक्समा रहेको पसल भाडामा पनि लिन सकिन्छ। कम्प्लेक्समा १ सय २३ देखि ११ सय स्क्वायर फिटसम्मका सटरहरु रहेका छन्।‘नेपालकै सुविधा सम्पन्न कम्प्लेक्स हामीले निर्माण गरेका छौं। हामीले काठमाडौंको मुटुमा अत्याधुनिक कम्प्लेक्स निर्माण गरेर सुलभ मूल्यमा बिक्री गर्न खोजेका हौं। अहिले न्यूरोड क्षेत्रमा आफ्नो व्यवसायिक भवन वा पसल खोल्ने ठाउँ पाउन कठिन छ। त्यसैले न्यूरोडमा आफ्नो सम्पतिसहितको पसल खोल्ने सपना पूरा होस् भनेर कम्प्लेक्स निर्माण गरेका हौं,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका संस्थापक अध्यक्ष एवं डिआरएन इन्टरनेशनल प्रालिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भने, ‘हामीले गुणस्तरमा कुनै सम्झौंता नगरि कम्प्लेक्स निर्माण गरेका छौं।’

कम्प्लेक्स नजिकै ४२ रोपनी क्षेत्रफलमा पार्किङसहित धरहरा र आधुनिक पार्क निर्माणाधिन रहेकाले समेत यो आकर्षक रहेको कम्पनीको दाबी छ। कम्प्लेक्स निर्माण गर्दा उच्चस्तरीय निर्माण सामाग्रीको प्रयोग गरेर १० रेक्टरसम्मको भूकम्प आउँदा कुनै समस्या नहुने श्रेष्ठको जिकिर छ। कम्पनीका अनुसार २४सै घण्टा सुरक्षा,लिफ्ट, एयरकण्डिसन र फायर फाइटिङ सिस्टम रहेको छ। कम्पनीले कम्प्लेक्समा रिमोट कन्ट्रोलबाट चल्ने ट्रान्सपरेन्ट सटरहरु राखेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x