२ खर्ब ८ अर्ब सहुलियतपूर्ण कर्जा बक्यौता
काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ फागुन मसान्तमा रु.७ अर्ब १२ करोड लगानीमा रहेको छ ।
२०७९ फागुन मसान्तसम्ममा १ लाख ४८ हजार ४ सय ५४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु. २०८ अर्ब ९६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ४९४ ऋणीलाई प्रवाह भएको रू. १४१ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८४ हजार ५९ महिला उद्यमीलाई प्रवाह भएको रु.६४ अर्ब ११ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ९ सय १ ऋणीको रु.३ अर्ब २१ करोड कर्जा बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ फागुन मसान्तमा रु.८० करोड ५ लाख बक्यौता रहेको छ ।