Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

खाद्य कम्पनीले पाएन गहुँ

खाद्य कम्पनीले पाएन गहुँ

कञ्चनपुर, ९ वैशाख । सरकारले गहुँको मूल्य बजारभन्दा कम तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरले खरिदका लागि गहुँ पाएको छैन । कञ्चनपुरका ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार हजारका दरले बिक्री भइरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँको मूल्य बजारमा कम निर्धारण गरेपछि खाद्यले गहुँ खरिद गर्न सकेको छैन ।

खाद्यले गत चैत १६ गतेदेखि गहुँ खरिद गर्ने निर्णय गरे पनि हालसम्म एउटा किसान पनि गहुँ बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म कुनै पनि किसान गहुँ बिक्रीका लागि कार्यालयमा नआएको बताए ।

‘हाम्रोभन्दा बढी मूल्य बजारमा छ, चैत १६ देखि गहुँ खरिद गर्ने निर्णय भए पनि अहिलेसम्म एउटा किसान पनि गहुँ बिक्रीका लागि आएको छैन,’ प्रमुख उपाध्यायले भने, ‘हामीले मूल्य निर्धारणको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छौँ ।’ सरकारले गहुँको मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ रुपैयाँ तोकेको छ । उनले मूल्य निर्धारण मन्त्रिपरिषद्को निर्णयबाट हुने बताउनुभयो । गत वर्ष पनि खाद्यले गहुँ खरिद गर्न सकेको थिएन ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x