एक वर्षमा झन्डै १४ सय किलो सुन आयात, १७ अर्ब लागत, १ अर्ब ८५ करोड ६८ लाख ६० हजार बराबर राजस्व संकलन

काठमाडौं, ६ साउन। गत आर्थिक वर्ष २०८१र८२ मा नेपालमा वैधानिक माध्यमबाट झन्डै १ हजार ४ सय किलो सुन आयात भएको छ ।
भन्सार विभागका अनुसार यस आवमा १३ लाख ८९ हजार ५ सय १६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ ।
सुन आयातका माध्यमबाट सरकारले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार बराबर राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ ।
यस वर्ष १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा सुन पहिलो १५ वस्तुभित्र परेको छ । पहिलो स्थानमा डिजेल छ । दोस्रो स्थानमा सोयाबिन तेल छ ।