Date

बुध, साउन ७, २०८२
Wed, July 23, 2025

खाद्य सुरक्षाको प्रभावकारी माध्यम, सुरक्षित भण्डारण प्रविधि

खाद्य सुरक्षाको प्रभावकारी माध्यम, सुरक्षित भण्डारण प्रविधि

काठमाडौं, ७ साउन । विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तनसँगै उत्पन्न खाद्यान्न संकट, द्घन्द जस्ता विविध कारणले खाद्य संकट तथा खाद्य सुरक्षा चुनौति पूर्ण हुँदै गइरहेको छ । विश्वमा भोकमरी सम्बन्धि प्रतिवेदन २०२३ का अनुसार नेपाल १९ अंकका साथ मध्यम स्तरको खाद्य सुरक्षाको अवस्थामा रहेको देखाउँछ ।

नेपाल सन् २०२६ को नोभेम्बरसम्ममा अल्पविकसित राष्ट्रको अवस्थाबाट मध्य आय भएको राष्ट्रमा स्तोरन्नति हुने प्रक्रियामा छ, तर खाद्य सुरक्षा जस्तो संवेदनशील विषयमा अध्ययन, अनुसन्धान नहुँदा नेपाल दिनानुदिन खाद्य वस्तुमा परनिर्भर भइरहेको छ । एकातिर खाद्य वस्तुमा परनिर्भता बढ्दो छ, भने नेपालमै उत्पादन भएका खाद्यान्नको पनि सहि भण्डारण नहुँदा अर्बौ मूल्य बराबरको खाद्यान्न कुहिएर खेर गइरहेको छ । उत्पादन बढाउनु मात्र नभइ उत्पादन भएका खाद्यान्नलाई सुरक्षित भण्डारण गर्नु पनि धेरै महत्वपूर्ण छ ।

उत्पादन भएका खाद्यान्नलाई सुरक्षित भण्डारण गर्न सकेमा खाद्यान्न आयातमा कमी गरी निर्यातलाई पनि ठूलो टेवा पुग्न सक्छ, भने अर्कोतर्फ कृषि उत्पादनले देशको अर्थतन्त्रलाई पनि ठूलो सहयोग पुर्याउन सकिन्छ । कृषकहरुले खाद्यान्न सुरक्षित भण्डारणको लागि परम्परागत तरिकाका साथ साथै सजिलै उपलब्ध हुने चामल, मल तथा जुटको बोराहरु पनि उत्तिकै प्रयोग गरेका पाइन्छ । यसरी अव्यवस्थित रुपमा भण्डारण गरेको खाद्यान्नहरुमा धुन, पुतली तथा ढुसी लाग्न गई खाद्यान्नको गुणस्तर मात्र नभई हानीकारक पनि हुन जान्छन् ।

यस किसिमको समस्या हटाउन स्थानिय निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरुबाट हर्मेटिक व्यागहरु वितरण गर्ने गरिएको छ । समस्या समाधान गर्न यस्तो पहल भएतापनि व्यागको गुणस्तर थाहा पाउन नसक्दा यसको प्रत्यक्ष असर किसानहरुलाई परेको छ । खाद्य सुरक्षालाई विशेष ध्यानमा राखी कुनै पनि स्थानिय निकाय, सरकारी तथा गैर – सरकारी निकायले हर्मेटिक व्याग वितरण गरेर सहयोग गर्दा हर्मेटिक व्यागको गुणस्तर, परीक्षण प्रमाण सबै मिलेको नमिलेको, ठिक / बेठिक सबै हेर्नु पर्ने देखिन्छ ।

नेपालमा हर्मेटिकको नाममा छिमेकी मुलुकबाट आएका नक्कली प्लाष्टिक व्यागहरुको पनि कमी छैन । त्यसैले राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थाबाट अनुसन्धान गरेको प्रमाणित उत्पादन मात्र किसानहरुलाई खाद्य भण्डारण सामग्री उपलब्ध गराउनु पर्ने आवश्यकता देखिन्छ । यो कुरालाई विशेषत स्थानिय निकाय, सरकारी तथा गैर – सरकारी निकायहरुले ध्यान दिनु पर्ने देखिन्छ ।

किसानहरुलाई गुणस्तरही हर्मेटिक व्याग वितरण गर्दा खाद्यान्न सुरक्षामा हुन जाने नोक्सानीको जिम्मेवारी कसलाई ठहर्रयाउने ? यसतर्फ सरकारी ( कृषि तथा पशुपन्छी विकास मन्त्रालय ) र गैर – सरकारी साथै स्थानिय सरकारले ध्यान पु¥याउनु आवश्यक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *