Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

साफ यु–२० महिला टोलीस्वदेश फिर्ता

साफ यु–२० महिला टोलीस्वदेश फिर्ता

काठमाडौं, ६ साउन । साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। मंगलबार स्वदेश फर्किएका टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी खेलाडी पूर्णिमा राईले अन्तिममा आएर बंगलादेशसँगको खेलमा हार व्यहोर्नपर्दा दुःख लागेको बताइन् । छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने आफ्नो टार्गेट रहेको पनि उनले सुनाइन् ।  उनले भनिन्,‘धेरै मेहेनतका साथ खेलेका हौं । आफ्नो तर्फबाट सक्नेजति गरें । । त्यसैमा खुसी छु । नमिठो हार व्यहोर्नु पर्दा दुःख लागेको छ । तर मेरो टार्गेट भनेको छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने नै हो ।’

उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बंगलादेशसँग पराजित हुन पुगेको पनि बताइन् । बंगलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजित भएको हो । नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो ।
यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *