Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

९ महिनामा साढे ८ अर्बको अदुवा निर्यात

९ महिनामा साढे ८ अर्बको अदुवा निर्यात

काठमाडौं, १६ वैशाख । चालू आर्थिक वर्षको ९ महिनामा नेपालबाट साढे ८ अर्बभन्दा बढीको अदुवा निर्यात भएको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख ४७ हजार ८३० केजी अदुवा निर्यात भएको हो ।

गत वर्ष सो अवधिमा चार अर्ब १६ करोड ८४ हजार रुपियाँ बराबरको ७३ लाख १८ हजार ३५ किलो अदुवा निर्यात भएको थियो । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८–७९ मा छ अर्ब ४१ करोड ४५ लाख छ हजार रुपियाँ बराबरको एक करोड १९ लाख ५८ हजार ८९३ किलो अदुवा निर्यात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ मा २१ हजार ९१२ हेक्टर क्षेत्रफलमा दुई लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x