Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भारतीय प्रधानमन्त्री मोदीको दवावमा सार्क अगावै विमस्टेक सम्मेलन

भारतीय प्रधानमन्त्री मोदीको दवावमा सार्क अगावै विमस्टेक सम्मेलन

सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ‘बिमस्टेक’ को चौंथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा आयोजना गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्मेलन भदौ १४ र १५ गते वा २१ र २२ गते गर्नका लागि सदस्य राष्ट्रसँग प्रस्ताव गर्ने निर्णय गरेको हो । विमिस्टेकको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले विमस्टेक सम्मेलन अयोजन गर्नुपर्ने भएपनि सार्क सम्मेलन पछि मात्र विमेस्टेक सम्मेलन बोलाउने तयारीमा नेपाल रहेको थियो । पाकिस्तानका प्रधानमन्त्री शहिद अब्बासीले गत मार्चमा नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीसँग सार्कलाइ थप प्रभाकारी बनाउनदै लैजाने विषयमा कुराकानी गरेका थिए ।  २०१६ मा पाकिस्तामा हुने भनिएको सार्क सम्मेलन भारतकै कारण अझै हुन सकेको छैन । जुन भारतकै अनिच्छाका  कारण अन्तिम समयमा आएर स्थगन गरिएको थियो ।

गत बैशाखको अन्तिम साता भएको भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका समयमा मोदीले नेपाललाई विमेस्टेक शिखर सम्मेलनको आयोजको लगि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । जुन विषय उनको नेपाल भ्रमण अघी नै विमेस्टेक सम्मेलन आयोजना गर्न नेपालसँग आग्रह गर्ने भनि टाइम्स अफ इण्डियाले खबर छापेको थियो । पाकिस्तानलाइ बाहिररै राखेर अन्य सार्क मुलुकमाथि नियन्त्रण राखि राख्ने योजनामा रहेका मोदी सार्कलाइ साइड लगाउदै विमेस्टेकलाइ अघि बढाउन चाहेका छन् ।  पाकिस्तानलाइ पर सारेर सार्कलाइ अझेलमा पार्ने रणनीति अनुशार नै भारतको आग्रहमा विमेस्टक सम्मेललन बोल्लाइएको भारतिय मिडियाहरुले महत्वका साथ उल्लेख गरेका छन् । पछिल्लो पटक सार्कमा थपिएको राष्ट्र अफगानस्तान र पाकिस्तान बाहेक अन्य सार्क सवै मुलुकहरु विमेस्टेका सदस्य छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x