Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न

दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न

काठमाडौं, २१ जेठ । दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ आइतबार सम्पन्न भएको छ । गत शुक्रबार देखि तीन दिन सम्म राजधानीमा चलेको मार्टमा नेपाल सहित भारत, चीन, बंगलादेश, रुस, पाकिस्तान लगायतका २६ राष्ट्रका पर्यटन व्यवसायी, ब्लगर्स, टुर अपरेटर्स, लगायतका एक सय ६० भन्दा बढीको सहभागिता रहेको थियो ।

मार्टमा विभिन्न मुलुकका ट्राभल एजेन्सिले टुर प्याकेज पनि विक्रि गरेका छन् । नेपालको हिमाली क्षेत्रको पर्यटन सम्भावनालाई विश्वसामु प्रवद्र्धन गर्ने तथा नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्न नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, पाटा नेपाल च्याप्टर र विभिन्न पर्यटकीय संघसंस्थासँगको सहकार्यमा मार्ट आयोजना गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *