Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बोनस र हकप्रदमा बढाइएको लाभकर फिर्ता लिन इन्भेष्टर्स फोरमको माग

बोनस र हकप्रदमा बढाइएको लाभकर फिर्ता लिन इन्भेष्टर्स फोरमको माग

काठमाडौं, २१ जेठ । नेपाल इन्भेष्टर्स फोरमले बोनस र हकप्रदमा बढाइएको लाभकर वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । आन्तरिक राजश्व विभागको पत्र मार्फत बढाइएको यस्तो वृद्धिले करको सर्वमान्य सिद्धान्तकै अपमान गरेको भन्दै फोरमले यस्तो माग गरेको हो ।

विभागको पत्रअनुसार लगानीकर्ताहरूलाई नोक्सानीमा कर भूक्तानी गर्न निर्देश गरिएकाले यो करको सर्वमान्य सिद्धान्त विपरित रहेकोले उसको ठहर छ । प्रचलित आयकर ऐन २०५८ मा कुनै पनि दफा तथा उपदफाबाट हकप्रद तथा बोनस शेयरमा कर लगाउने निर्णय उल्लेख नभएको सो पत्रले आम लगानीकर्तालाई पूँजीबजार प्रति निरुत्साहित बनाएको फोरमले जनाएको छ ।

अर्थ मन्त्रालय अर्न्तगत आन्तरिक राजश्व विभागले नेप्से र सम्बन्धित सरोकारवालालार्इ जेठ १८ गते पत्राचार गर्दै आइतबारदेखि हकप्रद र बोनस सेयरमा चुक्ता पूँजीबाट लाभकर गणना गर्न निर्देशन दिएको थियो । विभागको पत्रले सेयर बजारका आमलगानीकर्ताको भावनामा गम्भीर असर पुर्याएको र पूँजी बजारलाई प्रविधि पूर्वाधार तथा ऐन नियम मैत्री बनाउनुपर्नेमा एकतर्फि रुपमा लगानीकर्ताहरूलाई तर्साउने काम भएको फोरमले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x