Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

सुरु भयो जुत्ताको समर सेल

सुरु भयो जुत्ताको समर सेल

काठमाडौं, २१ जेठ । नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला शुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ७ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भएपश्चात वर्षा याममा पनी ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका वर्ष देखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समर सेल यस वर्ष पनि सुरु भएको छ । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, अद्धवैतमाग बागबजार, बुद्ध मल बालाजु स्थीत आफ्नै बिक्रि कक्षमा आज देखि स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन गरिएकोे हो ।

यस मेलामा नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी ७० प्रतिशत सम्मको बिशेष छुट र ३ सय रुपैयाँ देखी बिशेष सहुलियत सहित प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयात लाई न्युनिकरण गर्न जनाइएको छ ।

यो समर सेल मेलामा नेपालका ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि ११ वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्रि वितरण गरिनेछ । मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा अवलोकनकर्ताहरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पलहरु बिक्रि गर्ने आयोजनले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x