Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

सनराइज बैंकको मार्मा शाखा विस्तार

सनराइज बैंकको मार्मा शाखा विस्तार

काठमाडौं, २१ जेठ । सनराइज बैंक लिमिटेडले गत शुक्रबार दार्चुलाकोे मार्मा गाउँपालिका वडा नं ३ मा आफ्नो ८२ औं शाखा विस्तार गरेको छ । दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरि प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि स्वास्थ्य बीमा सुविधा प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रुपैयाँसम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x