Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महासंघ पदाधिकारी र श्रम मन्त्रीबीच भेटवार्ता

महासंघ पदाधिकारी र श्रम मन्त्रीबीच भेटवार्ता

काठमाडाैं, २७ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी समक्ष आज मन्त्रालयमा भेटवार्ता गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत तथ्यांकहरुले पुष्टि गरीसकेकाले यो अवस्थामा उद्योग व्यवसाय संचालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्यमा जोड दिए ।

अध्यक्ष ढकालले श्रम बजारको माग अनुसारको शीप विकासमा पनि सो अवसरमा जोड दिनुुभयो । वैदेशिक रोजगारीमा जांदा लिइने केही अव्यवहारिक नीति नियमको पुनरावलोकन हुनुुपर्नेमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।

महासंघसंगको भेटमा मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावका सम्बन्धमा मन्त्रालयका तर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको स्पष्ट पारे ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारसंग सम्बन्धित नीति नियमलाई व्यवहारिक बनाउन आफू तयार रहेको र शीप विकास लगायतका श्रम क्षेत्रका सवै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी काम गर्ने विश्वास दिलाए ।

प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता रहेको थियो ।

अध्यक्ष ढकाल र आइएलओ देशिय निर्देशक बीच भेटवार्ता

आजै महासंघ सचिवालयमा महासंघका अध्यक्ष ढकाल र अन्तराष्ट्रिय श्रम संगठनका नेपालका लागि देशिय निर्देशक नुमान ओजकानबीच भेटवार्ता भएकाे छ । भेटका अवसरमा महासंघका अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका मुख्य प्राथमिकताका विषय वारे जानकारी गराउंदै आइएलओबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

अध्यक्ष ढकालले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लगायतका महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आइएओको सहकार्यमा जोड दिए ।

सो अवसरमा आइएलओका देशिय निर्देशक नुमान ओजकानले शीप विकास, पेशागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिनुु भयो । उहांले महासंघसंगको सहकार्य र सहयोग आउंदा दिनमा पनि निरन्तर रहने प्रतिवद्धता जनाए ।

भेटका अवसरमा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ,महासंघका महानिर्देशक र आइएलओ काठमाडौका अधिकारीहरुको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x