आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ढकालले गरे सपथ ग्रहण
काठमाडाैं, २७ वैशाख । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन् । बुधबार नेपाल बीमा प्राधिकरणकाे कार्यालयमा अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष अध्यक्ष ढकालले सपथ ग्रहण गरेका हुन् ।
उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षबाट हेम राज ढकालज्यूलाई सफल कार्यकालको लागि शुभकामना दिए ।