राष्ट्रिय गौंरवका आयोजनाहरु मध्ये ३ बटा आयोजनाको मात्र ८० प्रतिशत प्रगति
काठमाडौं, जेठ २२ । राष्ट्रिय गौरवका २१ आयोजनामध्ये आव २०७४ । ७५ को दोस्रो चौमासिकसम्म जम्मा तीन बटा आयोजनाले मात्र ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४२औं बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्षराज कँडेलले प्रस्तुत गर्नु भएको प्रगति समिक्षामा जम्मा तीन बटा आयोजनाको मात्र ८० प्रतिशत भन्दा बढी प्रगति हासिल भएको उल्लेख गरिएको छ । त्यस्तै, ५० देखि ७९ प्रतिशत प्रगति भएका आयोजना नौवटा र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजना सातवटा छन् । राष्ट्रिय गौरवकै पश्चिम सेती जलविद्युत् र काठमाडौं–तराई मधेस द्रूतमार्ग आयोजनाको भने प्रगति प्राप्त नभएको उल्लेख छ।त्यस्तै, चालु आवमा सञ्चालित पहिलो प्राथमिकताका तीन सय ४६ आयोजनामध्ये एक सय १४ वटा आयोजनाको मात्र ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको छ । एक सय २२ आयोजनाको ५० देखि ७९ प्रतिशत र ८७ आयोजनाको ५० प्रतिशतभन्दा कम प्रगति भएको प्रतिवेदनमा छ ।
प्रगति समिक्षा पछि बैठकका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिको लक्ष्यमा पुग्न विकासको नयाँ सोच लिएर अगाडि बढ्न विकाससम्बद्ध मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए । परम्परागत योजना प्रणालीबाट समृद्धिको लक्ष्यमा पुग्न सम्भव नभएको उनले बताए ।‘अबको हाम्रो उद्देश्य समृद्ध नेपाल, सुखी नेपाली हो । परम्परागत योजनाबाट यो लक्ष्यमा पुग्न सम्भव छैन,’ आधुनिक योजना प्रणालीमा हामी अगाडि बढ्नुपर्छ ।’ विगतका गल्ती कमजोरी दोहोयाउने छुट कसैलाई नहुने उनको भनाइ छ। विकासका लागि संविधान संशोधन पुरक बजेट ल्यान पनि सरकार पछि नपर्ने प्रधामन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री कृषी आधुनिकीरण परियोजना भनेको केपी ओलीको आधुनिकरण होइन !
प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्नका लागि औद्योगिकीकरण र कृषि आधुनिकीकरणको विकल्प नभएको बताए । ‘अहिले हामी ठूलो व्यापार घाटाको अवस्थामा छौं । यसबाट मुक्त हुन अब औद्योगिकीकरणमा जानुपर्छ,’ उनले भने, ‘अब विदेशबाट ल्याएको नक्कली जुस पिउने होइन, हामी आफैंले उत्पादन गरेको फलफूलको ताजा जुस पिउने अवस्था सिर्जना गर्नुपर्छ।’ विदेश जुश पिउदै जादा परिवार नियोजना गर्नै नपर्ने दिन आउछ एक दिन । हानिकारण विशक्त चिजको आयत रोक्नै पर्छ ।कृषिमा आधुनिकीकरणका लागि विशेष नीति बनाएर अगाडि बढ्नुपर्ने बताउदै उनेले भने प्रधानमन्त्री कृषिआधुनिकरण परियोजना भनेको यो के पी ओलिको आधुनिकरण गर्ने होइन । उत्पाद बढाउन पर्यो त्यसको भण्डारन बजारको उचित ब्यवस्थपन होयसका साथै बन्द भएका उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सम्भव भए त्यसको लागि पहल गर्न समेत उनले निर्देशन दिए । ‘हाम्रा उद्योग कति बन्द भए, कति सञ्चालनमा छन्, कतिलाई ‘रिभाइभ’ गर्न सकिन्छ ? यसबारे यथार्थ अध्ययन गरेर रिपोर्ट आओस् । सरकारी नीति र सञ्चालन प्रणाली कमजोर छ भने सच्याएर अगाडि बढाउनुपर्छ,’ उनले भने ।
त्यस्तै, कर्मचारीको विदेश भ्रमणलाई परिणाममुखी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । ‘विदेश भ्रमण किन गयो, के उपलब्धि आयो, भ्रमणबाट के सिक्यो र के दिनसक्छु भन्ने रिपोर्ट आउनुपर्यो,’ उनले भने, ‘भ्रमणका लागि मात्र हुने भ्रमण अब रोकिन्छ।’
अदालत र अख्तियार सडक विभाग हुन कि ?
विकास निर्माणका गतिविधि संचालनका क्रममामा अदालतबाट आउने आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरी र छानविनका कारण समयमा काम पुरा गर्ने नसकिएको बैठकमा मन्त्रीहरुले राखेका थिए । एकातिर दातलको अन्तरिम आदेश छ अर्कोतिर अदालतले फाइल पठा भन्छ फाइल नपठाए केही गर्न पाइदैन बर्षभरी त्यसैमा घुम्यो संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बैठक भने । यसैगरी बैठकमा सहभाथि धरै मन्त्रीहरुले एकिकृत आयोजनाहरु संचालन गर्नु पर्ने मन्त्रालयगत फरक फरक भन्दा पनि एउटै छातामुनी राखेर आयोजनाहरु संचालन गर्दा बढी प्रभावकारी बनाउन सकिने सुझाब दिएका थिए ।