Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

सुनको मूल्यमा नयाँ रेकर्ड, ताेलाकाे १ लाख १३ हजार ३ सय

सुनको मूल्यमा नयाँ रेकर्ड, ताेलाकाे १ लाख १३ हजार ३ सय

काठमाडाैं, १९ जेठ । नेपाली बजारमा लगातार सुनकाे मूल्य बढ्ने क्रम जारी छ । बिहीबार प्रतितोला ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेकाे हाे ।

आज तेजावी सुनकाे मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएकाे छ । जुन मूल्य हाल सम्मकै उच्च हाे । यसैगरी तेजावी सुन आज प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि ताेलामा २५ रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x